Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानुनको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ : उपसभामुख दनुवार



विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले ऐन, कानुनको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।

शुक्रबार द लुथरन वल्र्ड फेडेरेशन नेपालको सहयोगमा इन्सेक कोशी प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृति रहेको बताइन् ।

उनले बनेका कानुनको उचित सम्बोधन नहुँदा मानव अधिकारको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको बताइन् ।

उपसभामुख दनुवारले कानुन कार्यान्वयनको अवस्था अध्ययन गरी आवश्यक नपर्ने कानुनहरू भए त्यस्ता कानुन खारेज गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘संशोधन आवश्यक पर्ने भए संशोधन गर्ने र थप कानुन आवश्यक भएमात्र नयाँ कानुन बनाउने काममा प्रदेशसभाले ध्यान पुर्याउन आवश्यक छ ।’

यस्तै उनले नेपालमा कानुन निर्माण हुने तर, कार्र्यान्वयनमा ध्यान नदिने प्रवृत्तिका कारण मानव अधिकारका सवालमा आशा गरेअनुसारको नजिता राज्यले दिन नसकेको बताइन् । कानुन कार्यान्वयनमा नागरिक समाजका तर्फबाट निरन्तर खवरदारी आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार