Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विदेशमा ज्यान गुमाएकाको शव चाँडै आफन्तलाई बुझाउने व्यवस्था गर्न योगेन्द्र मण्डलको माग



विराटनगर : प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

जीवित छँदा उसले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने गरे पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएपछि बेवास्ता गरेको भन्दै आपत्ति जनाएका उनले अब उप्रान्त वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

‘बाकसमा भएको लाशका बारेमा सरकार धेरै संवेदनाहीन भएको देखिन्छ । जीवित छँदा उसले पठाएको रेमिट्यान्समा सरकारले गर्व गर्ने जब लाशमा परिणत हुन्छ शव पाउन परिवार महिनौ कुर्नु पर्ने अवस्था छ । त्यहाँ भएका राज दुतावास कानमा तेल हालेर बसेको देखिन्छ,’ उनले भने ‘त्यसैले सरकारलाई जोडदार माग गर्छु । अब नेपाली दाजु भाईको उनीहरुको परिवारले चाँडो पाउँनु पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार