Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बालकृष्ण खाँणलाई भेट्न हिरासत पुगिन् मञ्जु



काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई उनकी पत्नी मञ्जु खाँणले प्रहरी परिसर टेकु पुगेर भेटेकी छन्।

पक्राउ परेको १२औं दिनमा पूर्वगृहमन्त्रीसमेत रहेका खाँणलाई भेट्न मञ्जु साेमबार बिहान प्रहरी परिसर टेकु पुगेकी हुन्।

उनी गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने गिरोहसँग साँठगाँठ गरेर करोडौँ रकम खाएको आभियाेगमा वैशाख २७ गते पक्राउ खाँणलाई प्रहरीले पक्राउ गरेकाे थियाे।

साेही प्रकरणमा खाँणकी श्रीमती मञ्जुलाई पनि मुझिएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार