विराटनगर : प्रहरीले विराटनगरबाट २२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । शनिबार राति नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट राति २२ किलोग्राम गाँजा बरामद गरेको हो ।
बोरामा प्याक गरी २ जना व्यक्तिले टाउकोमा बोकेर भारत कटाउने तयारी गर्दै गर्दा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीलाई देख्नसाथ गाँजा बोकेका दुई जना फरार भएका छन् । गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन् ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर राखिएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पार्दै घाटनाको अनुसन्धान सुरु गरिएको दाहालले बताए ।