विराटनगर : सुनसरीको इटहरी उप–महानगरपालिका–१६, मेजरटोल स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कंकालीनीका ३० वर्षीय सन्जित मुखिया रहेका छन् ।
बुधबार बेलुका साढे ५ बजे पानीको कल चलाउने क्रममा अचानक मोटरबाट करेन्ट लागि घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर लागिएकोमा उनको मृत्यु भएको हो ।