विराटनगर : पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बिहान मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गङ्गा सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार उनीह? ट्याक्टरमा चढेर विद्यालय जाँदै थिए ।
यस्तै लडेर दुई जना घाइते भएका छन् । घाइतेह?को जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ट्याक्टर चालक भने फरार छन् ।