विराटनगर : मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बा (पोल) मा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् ।
सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।
उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
तर, पालिका अध्यक्षले उनको माग पुरा गर्ने पआश्वासन दिएपछि करिब ११ घण्टापछि उनी तल झरेका हुन् ।
उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् ।
बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारमयण थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।