Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी विराटनगरकी महिलाको मृत्यु



विराटनगर : बुधबार राति करिब ९ बजे टुकीबाट मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी विराटनगरकी महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर–१० तीनटोलियामा ४० वर्षीया आशा शर्माको मृत्यु भएको हो ।

आगो लगाएर उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा अस्पताल पुर्याइएको थियो । उनको बिहीबार साँझ कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार आशाले आफ्ना श्रीमान राजकुमार कोइरीसँगको सामान्य विवादपछि मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएकी थिइन् । उनीहरुबीचको पारिवारिक विवादले घटना निम्त्याएको प्रहरीले जनाएको छ ।

श्रीमती आशाको मृत्यु भएपछि प्रहरीले राजकुमारलाई नियन्त्रणमा घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार