विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर ५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार बिहान २ बजेबाट भएको आगलागी करिब १२ घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा लिइएको हो ।
आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । उक्त उद्योगले बिजुलीको बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीबाट २० करोड बराबरको क्षति भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त स्थानमा कम्पनीका तीन वटा भवन छन् । जसमध्ये दुई वटा भवनमा भने आगलागी हुनबाट जोगाइएको प्रहरीले जनाएको छ ।
आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान पूर्ण रूपमा जलेर ध्वस्त भएको डीएसपी दाहालको भनाइ छ। उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।