विराटनगर : उदयपुरमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । बिहीबार बिहान उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भीषण आगालागीहुँदा ८ घर जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार विद्युत सर्ट भएर आगलागी भइको हो । आगो नियन्त्रणको प्रयास भइरहेको बताउँदै उनले अझै नियन्त्रणमा आउन नसकेको बताए ।
उनका अनुसार घटनास्थलमा हाल त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल, स्थानीय र प्रहरी परिचालन छन् । सबैको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।
प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर रहेकाले घटनाको क्षतिको विवरण आइसकेको छैन् ।