यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
विराटनगर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
खाण चाबहिलस्थित मैजुबहालबाट पक्राउ परेका हुन् ।
उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
उनले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिराेहलाई सघाएकाे आराेप छ।
उनकी पत्नी तथा सांसद मञ्जु खाँडले याे प्रकरणमा गिराेहबाट ६ कराेड बुझेकाे पक्राउ परेका अभियुक्तहरुले बयान दिएका थिए।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।