Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको कटारीमा बसबाट लडेर एकको मृत्यु



विराटनगर : उदयपुरको कटारीमा यात्रुबहाक बसबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान कटारी नगरपालिका वडा नम्बर–२ खोक्सामा बसबाट लडेर ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको हो ।

कटारी ५ घर भएका भुजेल ग. २ ख. १०१ नम्बरको बसबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार