उर्लाबारी नगरपालिका : फायल तस्बिर
विराटनगर : वैदेशिक रोजगारीमा जानेहरूका लागि मोरङको उर्लाबारी नगरपालिकाहरूले श्रम स्वीकृति दिन सुरु गरेको छ । नगरपालिकाले आइतबारबाट बैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो ।
संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै उर्लाबारीमा पनि कार्य प्रारम्भ गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए ।
श्रम स्वीकृतिका लागि वडा नम्बर ४ का टोमबहादुर रानाले विदेश जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो ।
संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याउने निर्णय लिएको थियो ।