Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टोपबहादुर रायमाझीका छोरा पक्राउ



काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चमा संलग्नता रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटबलबाट पक्राउ परेका छन।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले बुधबार दिउँसो पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले केही दिनअघि उनको नाममा काटिएको डेढ करोडको चेक बरामद गरेको थियो।

सन्दीपसँगै पक्राउ पूर्जी जारी गरिएका बाबु टोपबहादुर रायमाझी भने सन्धिखर्कबाट काठमाडौं आइरहेको बताइए पनि उनको मोबाइलको स्विच-अफ छ। यो समाचार लेखुञ्जेलसम्म उनी पक्राउ परिसकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार