Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घरको छतबाट खसेर घाइते भएका रवि लामिछानेका गाडी चालकको निधन



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतकाअनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो। उनी वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर घाइते भएका थिए।

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वैशाख ५ गते हेलिकप्टरमार्फत काठमाडाैँ ल्याइएकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार