Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नयाँ वैकल्पिक पार्टीहरुको उदय सकारात्मक छ : डा. भट्टराई



विराटनगर : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले आफू एक दशकदेखि देशमा नयाँ शक्ति र वैकल्पिक शक्तिको पैरवीकर्ता भएको बताउँदै पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक भएको बताएका छन् ।

उनले नयाँ र पुराना सबैले एकअर्काका अनुभवबाट सिकेर देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न आग्रह समेत गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्:
एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु! सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं!

प्रतिक्रिया
सम्बन्धित समाचार