उदयपुर : डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लब ध्वासे चितुवाको उद्दार गरेको छ । उदयपुरको बेलका नगरपालिका ९ यसोधा खोलामा घाईते अवस्थामा रहेको दुर्लब पोथी जातको ध्वासे चितुवालाई उद्दार गरेको हो ।
डिभिजनल वन अधिकृत डा ईन्द्र प्रसाद सापकोटाका अनुसार उक्त चितुवालाई चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाईएको छ ।
नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसुची १ मा रहेको ध्वासे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तिन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।
वन कर्मचारीले गस्तिको क्रममा वेलकाको वन क्षेत्रमा घाईते अवस्थामा फेला परेको चितुवालाई भेटिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु बन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरि थप उपचार र संरक्षणको लागि चितवन पठाईएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।