विराटनगर : मोरङमा डोको बोकेर घाँस काट्न हिँडेका ७७ वर्षीय वृद्ध मकैबारीमा मृत अवस्थामा फेला फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–६ घर भएका पदमबहादुर खड्का मकैबारीभित्र मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी बिहान ८ बजेतिर घरबाट डोको बोकेर नजिकैको मकैबारीमा गएका थिए । घाँस काट्न गएको धेरै समय भइसक्दा पनि खड्का घर नआएपछि आफन्त र स्थानीयहरुले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा घरनजिकको मकैबारीमा दिउँसो ३ बजेतिर उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव फेला पारेपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले शवलाई पोस्मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको थप अनुसन्धान गरेपछि मृत्युका बारेमा यकिन हुने जानकारी दिएको छ ।