Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा खोलामा डुबेर नाबालकको मृत्यु



विराटनगर : बुधबार बिहान खोलामा डुबेर मोरङमा एक जना नाबालकको मृत्यु भएको छ । जिल्लाको पथरीशनिश्चरे नगरपालिका–९ मगर टोलस्थित डाँस खोलामा डुबेर नाबालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेर स्थानीय राजु भुजेलका ३ वर्षीय छोरा क्रिसन भुजेलको मृत्यु भएको छ । खेल्दै जाने क्रममा घरनजिक रहेको खोलामा डुबेर नाबालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको उनले बताए ।

डुबिरहेको अवस्थामा उनलाई आफ्नै दिदीले फेला पारी उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । अस्पताल पुर्याएको करिब १ घण्टापछि क्रिसनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार