Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा बेपत्ता भएका तीनमध्ये एकको शव भेटियो, २ जनाको खोजी जारी



विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जना मध्ये एकजनाको शव फेला परेको छ।

सशस्त्र प्रहरीले बेपत्ता मध्ये एकको शव फेला पारेको हो।

१ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा दमक नगरपालिका–९ का २० वर्षीय नविन न्यौपानेको शव नदीबाट निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका–७ का २० वर्षीय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका–९ का २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए।

प्रहरीका अनुसार ती युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोशी किनारमा गएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार