Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीबाट खैरो हेरोइनसहित ३ जना पक्राउ



विराटनगर : मोरङको उर्लाबारीबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति उर्लाबारी ३ केर्खाली चोकस्थित विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले घरधनी धिमालसहित सोही स्थानका २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्कालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद गरेको एसपी पोखरेलले बताए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार