Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु



विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

आइबार (हिजो) बेलुका साढे ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प १६४८ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ बर्षीय लोक बहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी इटहरी उप-महानगरपालिका-२ का २२ बर्षीय प्रबिन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार