रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढीमाई नगरपालिका–८ धोबिनियाका राजकुमार राय यादव रहेका छन्।
जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।
विवादका क्रममा गोली लागेका यालवलाई उपचारका लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए। गोली कसले चलायो भन्ने खुलेको छैन। तर प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ।