Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते



विराटनगर : मोरङको रंगेलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रंगेली-३ आमतोलामा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार १८ जना घाइते भएका छन्।

तेतरिया-आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका- ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक ग्रामथान-५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार छन् ।

उनीहरू रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार