Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घाँटीमा मासु अड्किएर रतुवामाईमा एक जनाको मृत्यु



रतुवामाई : मोरङको रतुवामाईमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।

माझीको शुक्रबार साँझ ७:५० बजेतिरमृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार