काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक हजार चार सय २४ जनाको नमुना परीक्षणमा एक सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
आज एक सय ३६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय एक पुगेको छ। केही हप्तादेखि नेपालमा कोरोना संक्रमण बढेसँगै एक अंकमा झरेको कोरोना संक्रमण दर ३ अंकमा पुगेको हाे।
यस्तै पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (बिहीबार) एक सय छ जनामा संक्रमण पुष्टि भएको थियो।
हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा तीन जना उपचाररत छन्।