Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नयाँ साल र उ !



गणेश उप्रेती ‘शुशिल’

उ तेसै गरि फेरि आयो,
दक्षिण गेट्मा उभियो !
गेट्पालेले फेरि तेसै गरि रोक्यो,
र सोध्यो!
भित्र जाने पास छ?
टेक्दै गरेको बैशाखी देखायो,
र इशाराले भन्यो!
यो बाहेक कै छैन !
गेट्पालेले फेरि सोध्यो ,
कसैको सिफारिस छ ?
उस्ले बुझेन र अलमलियो!

गेटपाले जङिदै बोल्यो,
यो सिंहदरबार हो !
तिम्रो काम छैन ।

पोहोर साल जस्तै उ पनि जङियो,
यो भित्रको गणतन्त्र
मेरो बैशाखी टेकेर आएको !
म किन जान नपाउने !

गेटपालेले सोध्यो ,
किन भित्र जाने ?
उस्ले भन्यो प्रश्न सोध्न !

गेट पालेले भन्यो,
प्रस्न सडकमा सोध यहा हैन ।
उस्ले अड्डि कस्यो,
हिजो सडककाहरु नै यहा छन,
उन्लाइनै सोध्नु छ ।
मलाई भित्र जान देउ ।
गेटपालेले फेरी भन्यो ,
यो सिंहदरबार हो !
प्रस्न सोध्न मिल्दैन !

उस्ले पनि अड्डि कस्यो ।
मलाई सोध्नु छ ,
मेरो यो बैशाखीको मुल्य !
मेरो छिमेकी राजुको आखाको मुल्य!
जेलबस्दा मीराको लुटिएको ,
अस्मिता मुल्य !!
अनि यो दरबारको मुल्य!

गेटपालेले अन्तिम कासन गर्यो,
र भन्यो,
मन्त्रीको सवारी भो तिमि भाग ,
र अर्को दिन आउ!

उ सङै मोर्चामा खटियेको
एउटा मान्छे ,
कालो सीसा भित्र मुन्टो लुकाउदै,
भित्र पस्यो!
बैशाखी समाएका दुबै हातले,
मुठी कसेर उस्ले सलाम गर्यो,
र मनमनै भन्यो!
साथि ब्यस्त छ!
अर्को साल आउला !

अनि फेरि उ येसपाली आयो !
नयाँ सालमा !!

उ फ़ेरि गेटपालेसङ ,
झगडा गर्दै छ !
र नयाँ सालले
हामीलाइ स्वागत गर्दै छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार