Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ



काठमाडौं : वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई मंगलबार काठमाडौंकाे सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार