Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध



सांकेतिक तस्बिर।

विराटनगर : विराटनगर महानगरपालिकाले नयाँवर्ष अर्थात बैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।

पुस २७ गते बसेको नगरसभा बैठकले महानगर क्षेत्रभित्र ध्रुमपान सेवन गर्न निषेध गर्ने निर्णय गरेको हो ।

केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।

यस्तै विराटनगरमा नयाँ वर्षदेखि प्रेसर हर्न बजाउन पनि नपाइने भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको विराटनगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार