Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नयाँ वर्षदेखि विराटनगरमा प्रेसर हर्न बजाउन नपाइने



विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा नयाँ वर्षदेखि प्रेसर हर्न बजाउन नपाइने भएको छ । सोमबार बसेको नगरसभा बैठकले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने निर्णय गरेको हो ।

ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको विराटनगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।
महानगरले सरसफाई, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको कोइरालाले बताए । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनको भनाइ छ ।

प्रेसर हर्न बजाउन निषेध गर्दा कोलाहललाई कम गरी शान्त र सभ्य सहरका रुपमा विराटनगर स्थापित हुने उपमेयर शिल्पा कार्कीले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार