काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती भत्काउन महानगरपालिकाको डोजर पुगेपछि स्थानीयले बाटो छेकेका छन्।
गैरीगाउँस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्तीकाे टहरा भत्काउन शुक्रबार महानगरको डोजर पुगेपछि स्थानीयले बाटो छेकेका हुन्।
स्थानीयहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएकाे छ। ठूलाे संख्यामा उपस्थित भएका सुकुम्बासीहरूले प्रतिकारका लागि टायर बालेका हुन्।
महानगरले दुई साताअघि नै अनधिकृत बस्ती खाली गराउन सूचना निकालेको थियो। तर महानगरले दिएकाे समयसीमा नाघ्दा पनि हट्न नमानेपछि डाेजर चलाइएकाे हाे।


