Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय



विराटनगर : गत चैत ५ गते कोशी प्रदेशको नामकरणको विरोधमा विराटनगरमा भएको आन्दोलनमा सहभागी पदम लिम्बु (लाजिहाङ) लाई सरकारले सहिद घोषणा गरेको छ। आन्दोलनमा सहभागी भएको उनको चैत १० गते मृत्यु भएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषदेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले जानकारी दिए।

कोशी प्रदेश सरकारले यसअघि लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

नामकरण खारेज गर्नुपर्ने मागसहित प्रदेशमा पछिल्लो समय पहिचानवादीहरुले आन्दोलन चर्काइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार