तस्बिर : सामाजिक सञ्जालबाट
विराटनगर : मोरङको रतुवामाई टिप्पर र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार उर्लाबारी–आमबारी सडकखण्ड अन्तरगत रतुवामाई –१० सोमबारेमा बा १ क ६१६० नम्बरको टिप्परले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालका अनुसार दुर्घटनामा परी रतुवामाई ४ का ४५ वर्षीय भूषणलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले टिप्पर चालक ३२ वर्षीय विशाल विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी कोइरालाले जानकारी दिए ।