काठमाडौँ : ट्याक्सी चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै विरोधमा विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन्।
ट्याक्सी चालकहरुले आजबाट त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन्। ट्याक्सी चालकहरुले पार्किङ शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए। भने, बमाेजिम नभएका कारण उनीहरू आन्दोलनमा छन्।
विमानस्थल क्षेत्रमा पहिला पार्किङ शुल्क प्रतिघण्टा २० रुपैयाँ थियाे तर अहिले ८० रुपैयाँ लिने गरेकाे र १०० रुपैयाँ भनिएकाे हुँदा उनीहरू विराेधमा छन्।
यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए।