Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फेसबुक ह्याक गरी अश्लिल फोटो तथा भिडियो सार्वजनिक गर्ने मोरङका एकजना पक्राउ



विराटनगर : प्रहरीले महिलाको फेसबुक ह्याक गरी अश्लिल फोटो तथा भिडियो अपलोड गरि चरित्र हत्या गर्न खोज्ने एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बस्ने २२ वर्षका दिपेश लोहनी रहेका छन्।

अध्ययनको सिलसिलामा विदेशमा रहेकी महिलालाई दैनिक रुपमा फोन तथा म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिई सामाजिक सञ्जाल फेसबुक आईडी समेत ह्याक गरी अश्लिल फोटो तथा भिडियोहरु पिडितको सामाजिक सञ्जाल फेसबुकमा जोडिएका सम्पूर्ण व्यक्तिहरुलाई पठाई फेसबुक लाईभबाट पठाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनाहकमा पिडितको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि काठमाण्डौ पठाएको छ। र घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार