Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारका र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता



काठमाडौँ : सरकारका र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता भइरहेको छ।

वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली सहभागी छन्।

सरकारले मिटरब्याज पीडितसंग वार्ता गर्न केही दिनअघि वार्ता समिति गठन गरेको थियो।

बर्दिबासदेखि ११ दिन हिँडेरै काठमाडौँ आएका मिटरब्याज पीडितहरुले धर्ना र आन्दोलन जारी राखेका छन्। उनीहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार