Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा कामकाज ठप्प, आक्रमणकारीलाई कारबाही गर्न कर्मचारीको माग



उर्लाबारी : मोरङको उलबारी नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ । कोशी प्रदेश प्ुनः नामकरण संघर्ष समितिले बुधबार नगरपालिकाको कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेपछि आज कार्यालय संचालन भएका छैनन् ।

आन्दोलनकारीहरुले तालाबन्दी गर्ने क्रममा वडा नम्बर ६ का अध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिटसमेत गरेका थिए । उनीहरुले कर्मचारी हेमराज कोईरालामाथि पनि दुरव्यवहार गरेका थिए ।

नगरपालिकाका प्रवत्ता तथा वडा नम्बर ३ का अध्यक्ष भिष्म बुढाथोकीका अनुसार सुरक्षाको व्यवस्था कमजोर र आन्दोलनकर्ताले तालाबन्दी गरेकाले वडाबाट काम सञ्चालन गर्न असहज भएको हो । उनले १७ गतेसम्म कार्यालय बन्द हुने जानकारी दिए ।

यस्तै हिजो भएको घटनालाई लिए र नगरपालिकाका कर्मचारीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारबाहीको माग गरेका हुन् ।

कर्मचारीहरुले नगरपालिका भित्रको शान्ति सुरक्षाको उचित व्यवस्था गरी नागरिकको सेवामा खटिएका कर्मचारीहरुलाई दैनिक सेवा संचालन गर्ने वातावरणको सुनिश्चितताको माग समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार