Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङमा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु



विराटनगर : ताप्लेजुङमा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । शिकार खेल्ने क्रममा आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो।

घटनाको जानकारी पाए लगत्तै हाङपाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

मृतक गुरुङको शव कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार