Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ट्रान्सपोर्ट एसोसियसन विराटनगरको अध्यक्षमा विनोद सिंह



विराटनगर : ट्रान्सपोर्ट एसोसिएसन विराटनगरको अध्यक्षमा विनोद कुमार सिंह निर्विरोध निर्वाचित भएका छन् । शनिबार विराटनगर ११ स्थित होटल श्री कृष्णमा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले सिंहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा  सोमप्रसाद भट्टराई र महासचिवमा खगेन्द्र सिग्देल निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा राममणी रेग्मी र कोषाध्यक्षमा  दिलिप धाडेवा चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा बाबुराम गोतामे, भूमी कठायत, बिनोद राजबंशी, अशोक तुलाधर, यूवराज श्रेष्ठ र लालबाबु शाही चयन भएका छन् ।

यो कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत विशिष्ट अतिथि थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार