Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकप : पुलिसलाई १-० ले हराउँदै उद्धाटन खेलमा विराटनगर विजयी



विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा आजबाट सुरु भएको सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगरले विजयी सुरुवात गरेको छ । बिहीबार साँझ शहीद रंगशालामा भएको उद्धाटन खेलमा विभागीय नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै घरेलु टिम विराटनगर सिटीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

निकै रोमाञ्चक रहेको खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

सुरुदेखि नै विराटनगरलाई दबाबमा राखेको पुलिसको अतिरिक्त समयको अन्तिम समयमा रक्षा गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । खेलको १२१ औँ मिनेटमा विराटनगरका अशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

पुलिसले ३७ औँ मिनेटमा प्राप्त गरेको कर्नरलाई गोलमा परिणत गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् ।

विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि हुने त्रिभुवन आर्मी र जाउलाखेलबीचको विजेतासँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार