विराटनगर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल गरिने प्रवक्ता मनिस सुमनले जानकारी दिए।
बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।चैत ३ मा उपराष्ट्रपति बनेपछि यादवले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ।
बारा २ मा उपेन्द्र यादव उम्मेदवार बन्ने हल्ला छ। जसपाले कुनकुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ। यसैगरी, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिनेछ।