Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका निषेधाज्ञा जारी



विराटनगर : कोशी प्रदेशको नामकरणको विरोध जनाउँदै असहमत पक्षले आन्दोलन घोषणा गरेपछि विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन मोरङका प्रमुख तिर्थराज भट्टराईले एक विज्ञप्ती जारी गरी विरोध, धर्ना, जुलुसका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै केही क्षेत्रलाई निषेधित घोषित गरेको जानकारी दिएका छन् ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार