विराटनगर : यतिबेला कीर्तिपुर मैदान आसपासका क्षेत्रमा नेपाली क्रिकेट समर्थकको घुँइचो लागेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा जीत निकाल्न नेपालका ब्याट्समेनदे संघर्ष गरिरहेका छन् ।
युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३६ ओभरको समाप्तीमा ५ विकेट गुमाएर २०३ रन बनाएर खेलिरहेको छ । नेपालका लागि आरिफ शेख ४१ र गुल्सन झा ११ रन बनाएर खेलिरहेका छन् ।
विश्वकप छनोट खेल्नका लागि नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । गर यार मरको खेल हेर्न ठूलो संख्यामा नेपाली समर्थक कीर्तिपुर पुगेका छन् ।











तस्बिरहरू : क्यान