Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रेस सल्लाहकारमा बिष्ट



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा महेन्द्र विष्टलाई नियुक्त गरेका छन् । पत्रकार महासंघ मोरङ शाखका पूर्व अध्यक्षसमेत रहेका बिष्टलाई बुधबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका बिष्टले पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनले आमसञ्चार विषयमा अध्यापनसमेत गराउँदै आएका छन् ।

बिष्टलाई निजामती सेवाको उपसचिव तथा सो सरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार