Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीका मेयर राजवंशीलाई ठगी आरोप लगाउनेले मागे माफी



रंगेली । आफुहरुले लगाएको आरोप गलत भएको भन्दै सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीलाई ठगीको आरोप लगाउनेहरुले माफी मागेका छन् ।
बैदेशिक रोजगारीका नाममा मेयर राजवंशीबाट ठगीमा परेको भन्दै केहि दिन अगाडी पत्रकार सम्मेलन गरेका हरि राजवंशी र देवराज राजवंशी लगायतले आफुहरुले लगाएको आरोप गलत भएको भन्दै माफी मागेका हुन्् ।
सोमबार उनीहरुले पत्रकार सम्मेलन गरी आफुहरुले कुरै नबुझी मेयर राजवंशीलाई आरोप लगाएको भन्द माफी मागेका थिए । सुरुमा आफुले मेयर राजवंशीले ठगी गरेको भनी पत्रकार सम्मेलन गरेको बताउँदै हरि राजवंशीले आफुहरुलाई ठगी नभएर सहयोग गरेको बताए । उनीहरुले बैदेशिक रोजगारीमा लागि जापान पठाइदिन्छु भन्दै आफुहरुलाई बैदेशिक रोजगार व्यवसायीले ठगी गरेको बताए । उनीहरुले यस अघिको पत्रकार सम्मेलनमा व्यवसायीसंग मेयर राजवंशीको समेत मिलेमतो भएको आरोप लगाएका थिए । आरोप पछि अनुसन्धान गर्दा मेयर राजवंशीको यस घटनामा सम्लग्नता नपाइएको आफुहरुले लगाएको आरोप झुटो भएको उनीहरुको भनाइ थियो । गलत आरोपबाट मेयर राजवंशीलाई परेको असर प्रति आफुहरु दुखी रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार