Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु



Symbolic Photo

विराटनगर : उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ रामबहादुर मागरको घरमा विद्युत् सट भइ अचानक आगलागी हुँदा जलेर उनका छोरा र छोरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ६ वर्षीया जस्मिना मगर र २ वर्षीय रोजन मगरेको आगलागीमा परी मृत्यु भएको छ ।

मगरको जस्तापाता लगाएको र ढुंगा–माटोले बनेको घरमा विद्युत् सट भइ अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए ।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामाग्री समेत जलेर नष्ट भएका छन् । आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार