Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

४ लाख ७५ हजार नगदसहित विराटनगरबाट हुन्डी कारोबारी पक्राउ



विराटनगर : हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार