Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा अवैध बालुवा बोकेको ट्रयाक्टर नियन्त्रण



रतुवामाई : मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ मा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार