Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झुम्कामा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु



विराटनगर : सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री  कार्कीलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र  सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई  नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार