Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काभ्रेमा एकाबिहानै भूकम्पको धक्का



काठमाडौं : आज बिहान काभ्रेपलान्चोक केन्द्र बनाएर भुकम्प गएको छ।

बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुुस गरिएको थियो। यसअघि चार दिन अघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार